आर्थिक मन्दीले पर्साका १७७ उद्योग बन्द

207
0
Share:

पर्सा : आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९÷८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९÷८० मा १७७ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७८÷७९ मा पर्सामा १५२  उद्योगले  लगत कट्टा गरिएका थिए ।

 

बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरूको धमाधम बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले बताए ।

 

घरेलु तथा साना उद्योग कार्यालयमा  आर्थिक वर्ष २०७९÷८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिएभने आव २०७८÷८९ मा एक हजार ४८० उद्योग दर्ता भएका थिए ।

 

आव २०७९÷८० मा एक हजार २७५ उद्योगको नवीकरण, १६५ वटाको पुँजीवृद्धि, ३३ वटाको ठाउँसारी र ८४ वटाको नामसारी भएको सो कार्यालय जनाएको छ । आर्थिकवबर्ष २०७९÷८० मा रु. एक करोड ६ लाख ३९ हजार २५० राजस्व संकलन भएको थियो ।

उक्त आवमा चार हजार ४६० जनाले रोजगारी पाएको प्रमुख सिंहले बताए ।

कमेन्ट गर्नुहोस्
Share: