धनकुटामा ओलीमाथि आक्रमण, एकजना पक्राउ

134
0
Share:

 

धनकुटा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका छन् ।

भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो । उनीमाथि लेगुवाकै महेश राईले मुक्का हानेका हुन् ।

मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका  यतिबेला धनकुटामा रहेका छन् ।

फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका राईले  ओलीलाई आक्रमण गरेका हुन् । उनको आक्रमणलगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई कुटपिट गरेका थिए ।

प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: