चीनको गान्सु प्रान्तमा ६.२ म्याग्निच्युडको भूकम्पः  ११८ जनाको मृत्यु

Share:

 

चीनको गान्सु प्रान्तमा मङ्गलबार बिहानै गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११८ पुगेको छ ।  सरकारी सञ्चार माध्यम सिन्ह्वाले प्रान्तीय भूकम्प राहत मुख्यालयलाई उद्धृत गर्दै जनाए अनुसार उत्तरपश्चिम चीनको गान्सु प्रान्तको जिशिशान काउन्टीमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

सो  भूकम्पमा परी २०० जना घाइते भएको पनि प्रान्तीय भूकम्प राहत मुख्यालयले जनाएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु लिनक्सिया चेङगुआन्जेन, गान्सुबाट ३७ किलोमिटर र लान्झाउ, गान्सुबाट करिब १०० किलोमिटर टाढा रहेको थियो । भूकम्पको गहिराइ १० किलोमिटर रहेको बताइएको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: