
बङ्गलादेशका निर्वासित विपक्षी नेता तारिक रहमानले आफ्नो पार्टीको बहिस्कारको बचाउ गर्दै एएफपीलाई दिएको विशेष अन्तर्वार्तामा बङ्गलादेशमा आइतबार हुने निर्वाचन प्रधानमन्त्री शेख हसिनाको शासनलाई बलियो बनाउन गरिएको ‘ढोङ’ मात्र भएको बताएका छन् ।
रहमान देशको दुई प्रमुख राजनीतिक वंशमध्ये एकका उत्तराधिकारी हुन् र उनले सन् २०१८ मा आफ्नी आमा खालिदा जियालाई जेलमा हालेपछि सबैभन्दा ठूलो विपक्षी दलको नेतृत्व गर्दै आएका छन् ।
छ वर्षअघि हसिनाका लागि आयोजित चुनावी र्यालीमा भएको घातक ग्रेनेड आक्रमणको मुख्य योजनाकारको अनुपस्थितिमा उहाँलाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाइएको थियो ।
उनको पार्टीले गत वर्ष प्रधानमन्त्रीको राजीनामाको माग गर्दै एक महिना लामो विरोध प्रदर्शन गरेको थियो जसमा कम्तिमा ११ जनाको मृत्यु भएको थियो र हजारौं समर्थकलाई गिरफ्तार गरिएको थियो ।
केही वर्षयता एक प्रमुख अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई दिएको पहिलो अन्तर्वार्तामा ५६ वर्षीय रहमानले आफ्नो पार्टीले पूर्वनिर्धारित नतिजाका साथ मतदानमा भाग लिनु अनुपयुक्त हुने बताएका थिए । सन् २००८ देखि लण्डन बस्दै आएका लण्डनबाट रहमानले इमेलमार्फत् एएफपीलाई पठाएको विज्ञप्तिमा भनेका छन्, “बङ्गलादेश अर्को छद्म चुनावको नजिक पुगेको छ ।”
“बङ्गलादेशी जनताको आकांक्षाविपरीत हसिनाको नेतृत्वमा चुनावमा भाग लिनुले लोकतन्त्रका लागि लडेका, रगत बगाउने र आफ्नो जीवन उत्सर्ग गर्नेहरूको बलिदानलाई कमजोर पार्नेछ,” विज्ञप्तिमा भनिएको छ ।
रहमानले आफ्नो बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) र बहिष्कारमा सामेल भएका दर्जनौं अन्य दलविरुद्ध सत्तारुढ अवामी लिगले ठूलो संख्यामा चुनौती खडा गरेको बताएका छन् ।
निर्वाचनलाई वैधानिकता प्रदान गर्न सत्तारुढ दलसँग आबद्ध ‘डमी’ विपक्षी उम्मेदवारलाई चुनावी मैदानमा उतारेको आरोप उनले लगाए ।
सबै नतिजा पूर्वनिर्धारित भए पनि प्रतिस्पर्धाको छाप सिर्जना गर्ने हसिनाको प्रयास रहेको रहमानले बताए ।
उनले अवामी लिगका उम्मेदवारलाई भोट नहाल्नेहरूबाट सरकारी सुविधा रोक्ने धम्की दिएर पार्टीले मतदान बढाउन खोजेको पनि दाबी गरे ।
सन् २०२१ मा बङ्गलादेशी सुरक्षा बलमाथि मानवअधिकार उल्लङ्घनको आरोपमा प्रतिबन्ध लगाएको संयुक्त राज्य अमेरिका र अन्य देशहरूले पनि यस हप्ताको मतदानको सञ्चालनबारे चासो व्यक्त गरेका छन् ।
सन् २००९ देखि सत्तामा रहेकी हसिनाले सन् २०१४ र २०१८ मा उनको पार्टीले जितेको चुनावमा अनियमितता भएको पर्यवेक्षकहरूले बताएपछि निर्वाचन विश्वसनीय हुने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।
“मतदान केन्द्रमा जानुहोस् र बिहान मतदान गर्नुहोस् र हामी स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाचन कसरी गर्न सक्छौं भनेर विश्वलाई देखाउनुहोस्,” प्रधानमन्त्री हसिनाले शनिबार एक चुनावी र्यालीमा भने ।
–दुई परिवारको सहकार्य–
रहमान र हसिनाको परिवारले सन् १९७१ देखि १२ वर्षबाहेक विश्वको आठौँ ठूलो जनसंख्या भएको देशमा शासन गर्दै आएका छन् ।
सन् १९८१ मा हसिनाका पिताको हत्यापछि रहमानका पिताले देशको बागडोर सम्हालेका थिए ।
सन् १९९० को दशकदेखि राजनीतिक सत्ताका लागि प्रतिस्पर्धा गर्नुअघि उनकी आमा जियाले एकपटक हसिनासँग मिलेर सैन्य शासनको अवधिपछि प्रजातन्त्र पुनःस्थापना गरेबी थिइन् ।
हसिनाले सत्ता सम्हाल्नुभन्दा केही समयअघि नै रहमानले आफ्नो देश छोडेपछि लण्डनमा रहँदै आएका छन् ।
उनी बङ्गलादेशी मूलका बेलायती र बेलायतमा पढाई र कामको शिलशिलामा रहँदै आएका बङ्गलादेशी समर्थक तथा शुभचिन्तकहरूको विवाह वा राष्ट्रिय बिदाको अवसरमा हुने कार्यक्रमहरूमा सार्वजनिक रूपमा विरलै देखिन्छन् ।
तर सन् २०१८ मा जियालाई भ्रष्टाचारको अभियोगमा जेल चलान गरिएको र अहिले बिग्रँदो स्वास्थ्यका कारण ढाकाको एक अस्पतालमा राखिएको अवस्थामा रहमानले उनको ठाउँमा बङ्गलादेशको सबैभन्दा ठूलो विपक्षी दल, बीएनपीको नेतृत्व गर्दै भिडियो र फोन कन्फरेन्समार्फत् आफ्ना कार्यकर्तासँग दिनहुँ कुरा गरिरहेका छन् ।
गत वर्ष बीएनपीको विशाल र्याली, औद्योगिक हडताल र सडक अवरोधका कारण राजधानी ठप्प भएको थियो । अभियानले हसिनाको राजिनामा र निर्वाचनको पर्यवेक्षणका लागि तटस्थ कामचलाउ सरकार नियुक्त गर्न माग गरेको थियो ।
अक्टोबरमा भएको एउटा र्याली रक्तपातमा परिणत भएको थियो, जसमा बीएनपीले करिब २५ हजार विपक्षी कार्यकर्ताहरूलाई पक्राउ गरिएको बताएको थियो । सरकारले यो संख्या ११ हजार रहेको जनाएको छ ।
हसिनाले रहमानले विरोध अभियानसँगै हिंसाको योजना बनाएको आरोप लगाएकी थिइन् र मतदानपछि बीएनपीमाथि प्रतिबन्ध लगाउने सम्भावनालाई बढावा दिइन् ।
उनले शनिबारको चुनाबी सभामा भनिन्, “हामी उहाँलाई लण्डनबाट मानिसहरूलाई हानि पुर्याउन र मार्न आदेश दिन अनुमति दिनेछैनौं ।”
–दमनको बहाना–
रहमानले प्रदर्शनका क्रममा भएको आगजनीका घटनाका लागि आफ्नो पार्टी जिम्मेवार रहेको भन्ने आरोपको खण्डन गर्दै यसलाई सरकारको दमनको बहानाका रूपमा व्याख्या गरेका छन् । उनको आफ्नै राजनीतिक जीवन लामो समयदेखि ओझेलमा परेको छ ।
सन् २००८ मा अमेरिकी दूतावासमा लिक भएको केबलमा उहाँलाई ‘कुख्यात र व्यापक रूपमा भयभीत क्लेप्टोक्रेटिक सरकारको प्रतीक’ का रूपमा व्याख्या गरिएको थियो । जसले खरीद निर्णयहरू र राजनीतिक नियुक्तिहरूको बदलामा ‘खुल्लारूपमा’ घूस मागेको दावी गरिँदै आएको छ ।
आफ्नी आमाको अन्तिम प्रधानमन्त्रीत्वकालमा उनीविरूद्ध बारम्बार भ्रष्टाचारको आरोप लगाइएको थियो र निर्वासनमा रहँदा उनी भ्रष्टाचारको दोषी ठहरिनुभएको थियो । यद्यपि रहमानले आरोपको खण्डन गर्दै आफूमाथि राजनीतिक प्रतिशोधका कारण यड्यन्त्र भएको बताउँदै आएका छन् ।
