इन्डोनेसियाको कारागारबाट ५३ जना बन्दी भागे

Share:

इन्डोनेसियाको कारागारबाट ५३ जना बन्दी भागेका छन् । पूर्वी इन्डोनेसियाको दक्षिणपश्चिम पपुवा प्रान्तको सोरोङमा स्थानीय समय अनुसार बिहान करिब ११ बजे कारागारबाट ५३ जना कैदी भागेको अधिकारीहरूले बताएका छन्।

फरार कैदीहरूलाई पुन: पक्राउ गर्न प्रहरीले सोरोङ शहर बाहिरको नाका बन्द गरेको छ। “हामीले भागेका कैदीहरूको तथ्याङ्क सङ्कलन गर्दै सोरोङ शहर, बन्दरगाह र विमानस्थल बाहिरका सडकहरूका नाका पनि बन्द गरेका छौँ,” युदियान्टोले आइतबार भनेका छन् ।

युदियान्टोले भागेका कैदीहरू सामान्य अपराध र लागुऔषध मुद्दामा संलग्न रहेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: