पोखरामा बाँदर नियन्त्रणका लागि वडाध्यक्षले रुख काट्न आव्हान गरेपछि…

Share:

 

 

कास्की : पोखरा महानगरपालिका –१९ ले बाँदर नियन्त्रणको लागि रुख काट्न आव्हान गरेको छ।

पोखरा–१९ लामाचौरका वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले जारी गरेको एक विज्ञप्तिमा वडावासीलाई आफ्नो घर वरपरको रुख काट्न भनिएको छ।

वडाध्यक्ष पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पोखरा महानगरपालिका साविक लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको र हाल प्रदेश सरकारले पनि बाँदर नियन्त्रणको नीति पास गरेको हुँदा आजको मितिले १० दिनभित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गरी आआफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरु कटान गरी बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउन अनुरोध गरिन्छ।“

कमेन्ट गर्नुहोस्
Share: