पाकिस्तानी अधिकारीहरूद्वारा अरब सागरमा फसेका नौ जना भारतीयको उद्धार

Share:

पाकिस्तानी नौसेना र समुद्री सुरक्षा एजेन्सीका अधिकारीहरूले अरब सागरको खुला समुद्रमा फसेका नौ जना भारतीय नागरिकहरूलाई उद्धार गरेको जनाएका छन् ।   अधिकारीका अनुसार भारतीय नागरिकहरू खुला समुद्रमा २४ घण्टासम्म डुङ्गामा फसेका थिए ।

पाकिस्तानी सुरक्षा एजेन्सीहरू घटना स्थलमा पुगी  सफल उद्धार अभियान सञ्चालन गरेको सेनाको सञ्चार शाखा इन्टर–सर्भिस पब्लिक रिलेसन्स (आइएसपिआर) ले विज्ञप्ति मार्फत उल्लेख गरेको छ ।

फसेका मानिसहरूको बारेमा जानकारी पाएपछि खोजी र उद्धार अभियान सुरू गरिएको पाकिस्तानी नौसेनाका अधिकारीहरूले  डुङ्गामा देखिएको प्राविधिक समस्याहरू समाधान गरी उद्धार गरेको आइएसपिआरले जनाएको छ ।

पाकिस्तानी उद्धार टोलीले प्रभावित भारतीय नागरिकलाई चिकित्सकीय सहयोगका साथै संकटग्रस्त डुङ्गाको सुरक्षा समेत सुनिश्चित गरेको बताएको छ  ।

कमेन्ट गर्नुहोस्
Share: