
अल्जेरियन वायुसेनाको हेलिकोप्टर बुधबार राति मध्य एल मेनिया प्रान्तमा दुर्घटना हुँदा त्यसमा सवार तीनै जना चालक दलका सदस्यको मृत्यु भएको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ।
सेनाको विज्ञप्तिमा जनाइए अनुसार एमआई-१७१ हेलिकप्टर एल मेनिया विमानस्थल नजिकै नजिकै राति प्रशिक्षण सञ्चालनको क्रममा दुर्घटना भएको थियो ।
अल्जेरियाका सेना प्रमुख सेड चेन्ग्रिहाले दुर्घटनाको छानबिन अगाडि बढेको जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
