स्कूल बस खरिदका लागि शिक्षकले दिए एक महिनाको तलब

Share:

 

झापा : शिवसताक्षी नगरपालिकाको बालसेवा आधारभूत विद्यालयका शिक्षकले विद्यालयका लागि बस खरिदका लागि एक महिनाको तलब सहयोग गरेका छन् ।

शिवसताक्षी नगरपालिका–७ मा रहेका विद्यालयका भूपू विद्यार्थी मञ्चले विद्यालयसँगको सहकार्यमा बस खरिद गर्नका लागि अभियान सुरु गरेको थियो । अभियानलाई सफल पार्नका लागि सबै शिक्षकले एक महिनाको रकम एकमुष्ट रु चार लाख ४० हजार आठ सय १६ नगद रकम विद्यालयलाई प्रदान गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक बेनुप्रसाद कार्कीले विद्यालयलाई बस आवश्यक भएको हुँदा शिक्षकबाटै रकम सङ्कलन गर्न सुरु गरिएको बताए । अभियानलाई अभिभावक, समाजसेवीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बस खरिद गरी आगामी शैक्षिक सत्रदेखि सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए ।

बागलुङ बजारमा छाडा कुकुरको बिगबिगी भएकाले दीर्घकालीन नियन्त्रणका लागि पाँच रोपनी जग्गामा होस्टल बनाउन लागिएको हो नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । छाडा कुकुरको समस्या नियन्त्रण गर्न नगरपालिकाले पशु कार्यालयको समन्वयमा बन्ध्याकरणसमेत गर्दै आइरहेको बागलुङ नगरपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: