नाइजेरियामा ३०७ जना अपहरणकारी पक्राउ

194
0
Share:

नाइजेरियाली प्रहरीले राजधानी अबुजाका विभिन्न ठाउँमा गरेको पछिल्लो छापामार कारबाहीका क्रममा ३०७ जना संदिग्ध अपहरणकारीलाई पक्राउ गरेको छ ।

संघीय राजधानी क्षेत्रका प्रहरी प्रमुख बेनेथ इग्वेहले पत्रकार सम्मेलनमा दिएको जनाकारी अनुसार  खोजतलास अबुजाको देई-देई-जुबा अक्षको क्षेत्र गिदान डाम्बेमा गरिएको थियो । त्यस क्षेत्रमा छिमेकी नाइजरबाट शंकास्पद रूपमा अपहरणकारीहरूको बसोबास रहेको बताइएको छ।

“त्यस क्षेत्रमा छापा मार्दा २९३ पुरुष र १४ महिला संदिग्ध अपरहणकारीहरूलाई पक्राउ गरिएको,” इग्वेहले  भने।

संदिग्धहरूबाट हातहतियार र अन्य खरखजाना बरामद भएको बताइएको छ ।  प्रहरीले छापा मार्दा उनीहरूको साथबाट अवैध लागुऔषध तथा आपराधिक कार्यमा प्रयोग हुने मोटरसाइकल समेत फेला परेको छ।

कमेन्ट गर्नुहोस्
Share: