एसीसी महिला प्रिमियर कप : सेमिफाइनलमा नेपाल र मलेसिया भिड्दै

Share:

काठमाडौं : नेपालले एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ।  खेल नेपाली समय अनुसार बिहान ११:१५ मा बायोमास ओभलमा सुरु हुनेछ।

नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल खेल्न लागेका हुन्।

यस खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ। एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन्।

आजै हुने अर्को सेमिफाइनलमा थाइल्याण्ड र यूएई भिड्दैछन्। यी दुईबीचको खेल विहान सवा ७ मा सुरु हुनेछ।

कमेन्ट गर्नुहोस्
Share: