रुकुम पश्चिममा २६ हजार अस्थायी आवास निर्माण

225
0
Share:

रुकुम : रुकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि रु ७५ करोड ११ लाख ५० हजार निकासा भएको छ भने हालसम्म जिल्लामा २६ हजार सात सय सातवटा अस्थायी आवास निर्माण भएका छन् । पाँच हजार छ सय ३७ निर्माणाधीन छन् ।

जिल्ला प्रशासन कार्यालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा आठविसकोट नगरपालिकामा सबैभन्दा बढी आठ हजार आठ सय ९८ वटा अस्थायी आवास निर्माण भएका छन् । त्यस्तै चौरजहारी नगरपालिकामा पाँच हजार पाँच सय ६३, मुसीकोट नगरपालिकामा छ सय ६६ वटा, सानीभेरी गाउँपालिकामा छ हजार छ सय ७५, त्रिवेणी गाउँपालिकामा तीन हजार दुई सय ६४ र बाँफिकोट गाउँपालिकामा दुई हजार छ सय ४१ वटा अस्थायी आवास निर्माण भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: