
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–टुमा नेपाल र नामिबियाबीचको खेलमा नेपालले १६८ रन बनाएको छ । त्रिवि क्रिकेट मैदनामा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपालले सबै विकेट गुमायो। नामिबियाले जितका लागि १६९ रनको लक्ष्य पाएको छ।
आशिफ शेखले सर्वाधिक ५, कुशल मल्लले ३६, भीम सार्कीले २६, कुशल भुर्तेलले १८, करण केसीले १२ रन दिपेन्द्रसिंह ऐरीले ६ रन, सोमपाल कामीले ४ रन बनाए भने कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्यमा आउट भए।
जारी सिरिजमा नेपाल लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा छ। पहिलो खेलमा घरेलु टोली नामिबियासँग ४ विकेटले पराजित भएको थियो।
कमेन्ट गर्नुहोस्
