
काठमाडौं : नेपाली क्रिकेटको ए टिमले आज क्यानडा–११ सँग निर्णायक खेल खेल्दैछ। तीन खेलको एक दिवसीय सिरिज अन्तर्गतको तेस्रो खेल बिहान सवा ९ बजेदेखि मूलपानी मैदानमा हुँदैछ।
क्यानाडा–११ सँगको आफ्नो पहिलो खेलमा ४ विकेटले पराजित नेपालले दोस्रो खेलमा भने क्यानडालाई २ विकेटले हराएको थियो। सिरिज अहिले एक–एकको बराबरीको अवस्थामा छ।
प्रधानमन्त्री कप, यू-१९ विश्वकप र नेपालको सिनियर टोलीमा नपरेका खेलाडीहरु नेपाल ए मा छन् । नेपालको पहिलो रोजाइको टोलीमा पर्न यो राम्रो अवसर हो । नेपाल ए मा राम्रो प्रदर्शन गर्ने खेलाडी सिनियर टोलीमा पर्नेछन् । सिनियर टोलीको ब्याकअप हो । पहिलो पटक आधिकारिक रुपमा नेपाल ए टोली बनेको पनि हो ।
कमेन्ट गर्नुहोस्
