लागूऔषधसहित ४ जना पक्राउ       

180
0
Share:

काठमाडौं : लागूऔषधसहित ४ जना पक्राउ परेका छन् ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ स्थित चन्द्रा ईन्जिनियरिङ वर्कसपको कामदार बस्ने कोठाबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्रामसहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही कोठामा बस्ने २८ वर्षीय प्रवेश सापकोटा, १८ वर्षीय र १७ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-३ भन्सार रोडबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्रामसहित गोदावरी नगरपालिका-२ बस्ने २७ वर्षीय राजन मल्ललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली  र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: