मिटरब्याजी पीडितलाई न्याय कहिले हुन्छ : रवि लामिछाने

159
0
Share:

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटरब्याजी पीडितमाथि किन न्याय नदिएको भन्दै सरकारसँग जवाफ माग गरेका छन्। उनले संसद् भवनलाई लडाईको क्षेत्र  बनाइएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखबाट रूलिङ समेत भइसकेको विषयमा सरकारका केही मन्त्रीहरूले आफूमाथि लागेका गम्भीर आरोपका विषयमा सदनमा आएर उभिएर जवाफ दिन निमित्त रोकेको छ केले? भन्दै प्रश्न गरेका छन्।

‘यदी कुनै अप्ठ्यारो छैन, यदी आफूमाथि उठेका कुराको यथ्यष्ट आधारहरू छन् भने ती आरोप या विषयहरू निराधार हुन् भने सार्वभौम संसदमा उभिएर त्यसबारे भन्नका लागि केले रोक्यो सरकारलाई?’, उनले भने।

आफ्नो पार्टी संसद् अवरुद्ध गर्ने पक्षमा नरहेको भन्दै जनताको माग सम्बोधन गर्न सरकार चुकिरहेको भन्दै उनले ध्यानाकर्षण गरे।

कमेन्ट गर्नुहोस्
Share: