
काठमाडौं : लोकप्रिय गायिका अन्जु पन्त र गायक प्रताप दास स्वरबद्ध नयाँ गीति भिडियो ‘बादल भित्र’ सार्वजनिक भएको छ । सोमबार युट्यूवमार्फत वर्ल्ड प्रिमियर गरिएको गीतले रोमान्टिक प्रेमको कथा बोल्छ ।
विष्णु भण्डारीको शब्द रचना रहेको गीतमा संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् । एरेञ्जको काम कुशल सिंहको छ भने मिक्सिङ तथा मास्टरिङ नरेश विविसीले गरेका छन् ।
मोडलद्वय दिनेश विष्ट हीर शाहीको अभिनय भिडियोमा देख्न सकिन्छ ।
विक्रम चौहानले निर्देशन गरेको भिडियोमा पोखरा ढोर पाटन बाग्लुङ लगायत आसपासका रमणीय दृश्यलाई सुन्दर तरिकाले कैद गरिएको छ ।
छायांकन प्रकाश खड्काको रहँदा मेकअपमा कविता टोलङ्गी र अस्मिता शाही छिन् । सम्पादन र कलरमा क्रमशः लक्ष्मण चौहान र मिलान विश्वकर्माले गरेका छन् ।
