
काठमाडौं : नेपाल वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार लेवनानलाई हराउँदै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
खेलको ३८ औं मिनेटमा पुजा रानाको आत्मघाति गोलमा नेपाल पहिलो हाफमा पछि परेको थियो । गोलकिपर एन्जिला शुब्बालाई ब्याक पास दिने क्रममा आत्मघाति गोल हुन पुगेको थियो ।
पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा शानदार पुनरागमन रच्यो ।
सावित्रा भण्डारीले नेपालका लागि ७६ औं मिनेटमा बराबरी गोल फर्काईन् । खेलको इन्जुरी समयमा प्रिती राईले डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेपछि नेपाल विजयी बनेको हो ।
कमेन्ट गर्नुहोस्
