कर्णाली पछि परेको होइन पारिएको हो : मुख्यमन्त्री शर्मा 

196
0
Share:

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेश पछि पारिएको प्रदेश भएकाले क्षतिपुर्ति सहितको विकास कर्णालीलाई चाहिएको बताएका छन् । उनले भने, ‘कर्णाली पछि परेको होइन, पारिएको हो’ यो भाष्य बदल्न जरुरी छ।  पछि पारिएको प्रदेशमा क्षतिपुर्ति सहितको विकास चाहिएको छ ।‘

सुर्खेतमा आयोजित तेस्रो कर्णाली एक्स्पोको उद्घाटन सत्रलाई सम्बोधन गर्दे मख्यमन्त्री शर्माले संघीय सरकारले संघीयता छिटो लागू गरोस् भन्ने अपेक्षा राखिएको  बताए ।

समाजमा बीउ खाने प्रवृत्ति, बजेट खर्च गर्नका निम्ति खर्च गर्ने की परिणाम खोज्ने यसका समीक्षा गर्न आवश्यक रहेको  भन्दै उनले समृद्ध कर्णालीको सपना पूरा गर्ने प्रक्रियामा आफूहरू लागिरहेका बताए ।

संघीयताले केही पनि भएन भन्ने एकथरी चिच्याइरहेको जनाउँदै त्यसो नभई कर्णालीमा भएको परिवर्तनलाई उदाहरणको रूपमा लिनुपर्ने उनले बताए ।

आन्तरिक उडान हुन नसकेकोमा आफूसहित कर्णालीबाट प्रतिनिधित्व गर्ने नेताहरूको प्रयासले केही दिनमा आन्तरिक हवाई सेवा निरन्तर हुने उनले बताए ।

कमेन्ट गर्नुहोस्
Share: