गुजरात नजिकैको समुन्द्रमा ३३ टन लागूऔषध समातियो

198
0
Share:

भारतीय नौसेना र लागुऔषध नियन्त्रण ब्यूरोले मंगलबार संयुक्त कारबाहीमा पोरबन्दरको तटीय क्षेत्रमा करिब ३३०० केजी लागूऔषध बरामद गरेको छ ।

भारतीय नौसेनाले सो अपरेसनसँग सम्बन्धित जानकारी सोसल मिडिया वेबसाइट एक्समा शेयर गरेको छ।

यस कारबाहीमा ३ हजार ८९ केजी चरेस, १५८ केजी मेथाम्फेटामाइन र २५ केजी मोर्फिन बरामद भएको नौसेनाले जनाएको छ ।

केन्द्रीय गृहमन्त्री अमित शाहले यस उपलब्धिको लागि एनसीबी, नौसेना र गुजरात पुलिसलाई बधाई दिएका छन्।

भारतीय नौसेनाका अनुसार, निगरानी अभियानमा  पी ८ आई एलआरएमआर  विमानबाट प्राप्त जानकारी र नार्कोटिक्स ब्यूरोबाट पुष्टिको आधारमा, भारतीय नौसेनाको युद्धपोतलाई शंकास्पद डुङ्गातर्फ पठाइएको थियो।

केही समयपछि भारतीय युद्धपोतले शंकास्पद जहाजलाई रोकेर यति ठूलो परिमाणमा लागूऔषध बरामद गरेको थियो ।

परिमाणका हिसाबले यो सबैभन्दा ठूलो लागूऔषध बरामद भएको नौसेनाले जनाएको छ । शंकास्पद डुङ्गा गुजरातको तट नजिक समुद्री सीमा रेखा नजिकै रोकिएको थियो।

त्यसपछि फागुन २७ गते नै लागूऔषधसहित बरामद भएको डुङ्गा र त्यसका चालक दललाई भारतीय बन्दरगाह नजिकैको शान्ति सुरक्षा कायम गर्ने निकायलाई हस्तान्तरण गरिएको थियो । भारतीय गृहमन्त्री अमित शाहले यस अभियानको सफलताका लागि नार्कोटिक्स कन्ट्रोल ब्यूरो, भारतीय नौसेना र गुजरात प्रहरीलाई बधाई दिएका छन्।

कमेन्ट गर्नुहोस्
Share: