
काठमाडौं : नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीसँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको छ ।
जितको लागि १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा ८५ रनमा अल आउट हुँदा ८६ रनले पराजित भयो।
हङकङमा जारी नेपाल, हङकङ र पपुवा न्यू गिनी (पीएनजी) बीचको खेलमा पीएनजीले ८ विकेट गुमाएर १७१ रन बनाएको थियो।
पपुवा न्युगिनीको जितमा ओपनर टोनी उराले ६१ रन बनाए ।
नेली नाओले ३०, हिरि हिरि १५, हिला भारे १८, चाद सोपर १३, किप्लिङ डोरिगा १४ रनमा आउट भए भने सेसे बाउ शून्य, असाद भाला र लेगा सियाका २-२ रनमा आउट भएका थिए ।
नेपालका कुशल भुर्तेलले ३, आकाश चन्दले ३ विकेट लिए भने करण केसी र गुलशन झाले १-१ विकेट लिए ।
कमेन्ट गर्नुहोस्
