अपांगताता  भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

186
0
Share:

सुनसरी : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपांगताता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने गरी तयारी गरेको बताएकी छिन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुनसरीमा आयोजना गरेको अपांगताता भएका व्यक्तिका लागि राष्ट्रिय कार्यक्रम तर्जुमा गर्न विभिन्न निकायबाट संकलित कार्यक्रमको अवस्था अध्ययन विश्लेषण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्।

अपांगताता भएका व्यक्तिहरूका पक्षमा बढी भन्दा बढी काम गर्ने उद्देश्यले मन्त्रालय अगाडि बढिरहेको भन्दै उनले राज्यले अन्तर्राष्ट्रिय स्तरमा गरेको विभिन्न सन्धि सम्झौताहरूको कार्यान्वयनका निम्ति पनि हामी लागिरहेको बताइन्।

‘हामी आफैले पनि अपांगताता भएका व्यक्तिहरूका निम्ति विशेष निगरानीका साथ काम अगाडि बढाइरहेका छौँ। देशभर भएका सबै अपांगताता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य बिमा गराउने लक्ष्य लिएका छौँ। त्यसो गर्न सकेमा धेरै राम्रो हुन्छ भन्ने उद्देश्यले हामीले पहल गर्दै आएका छौँ’’, मन्त्री चौधरीले भनिन्, ‘यी कुराहरू यसैपालि पनि सहयोग गर्न सकिन्छ, यदि स्थानीय निकायले सहयोग गर्‍यो भने। स्थानीय निकायको निजी आयस्रोत पनि रहेको छ। ‘

कमेन्ट गर्नुहोस्
Share: