
काठमाडौं : गृहमन्त्री रवि लामिछानेको बैंकमा जम्मा १ लाख १० हजार रकम रहेको सार्वजनिक भएको छ। सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्दै लामिछानेले आफ्नो नाममा भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको र उक्त जग्गा पैतृक रहेको उल्लेख गरेका छन्।
रास्वपाका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले
पत्नी निकिता पौडेलको नाममा काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा निकिताको नाममा १० रोपनी (संगोलमा) जग्गा रहेको उल्लेख गरेका छन्।
यस्तै, बूढानीलकण्ठ वडा नम्बर ८ मा ५ आना जग्गा रहेको उल्लेख छ। उक्त जग्गा तीन करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको उल्लेख छ। पारिश्रमिकबाट यो जग्गा किनेको उल्लेख छ।
गृहमन्त्री लामिछानेले करिब ८० तोला सुन रहेको उक्त सुन पैतृक सम्पत्ति र केही पत्नीसँग मिलेर किनेको उनले उल्लेख गरेका छन्। चाँदीका भाडाकुँडा १५ देखि २० केजीसम्म रहेको उल्लेख गरिएको छ।
सम्पत्ति विवरणमा ८ करोड ७५ लाख बराबरको गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको छ। चार वर्ष पहिले घर किन्न एक करोड ५० लाख बैंकबाट कर्जा लिएको पनि सार्वजनिक भएको सम्पत्ति विवरणमा उल्लेख छ।
निकिताको नाममा ४२ लाख रुपैयाँमा कार रहे पनि दुवैको आम्दानीले किने उल्लेख छ। निकिताकै नाममा तीन करोड रुपैयाँको नारी टिभी, एक करोडको गोपीकृष्ण कामाक्ष्य मिडिया कम्पनी रहेको पनि सार्वजनिक भएको सम्पत्ति विवरणमा उल्लेख छ।
