दुई महिनापछि आयो अवरुद्ध बागलुङ सडकखण्ड सञ्चालनमा

Share:

बागलुङ। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ सडकखण्ड दुई महिनापछि सञ्चालनमा आएको छ।

बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्रयाक बगाउँदा गत साउन ९ गतेदेखि उक्त सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको थियो।

सडकको ट्रयाकलाई पुरेर शुक्रबारदेखि नियमित यातायातका साधन सञ्चालनमा ल्याइएको जैमिनी नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार सडक पटकपटक अवरुद्ध भएपछि बागलुङ नगरपालिका र कालीगण्डकी करिडोर आयोजनाले खुलाउने प्रयास गरेपनि दुई महिनापछि सञ्चालनमा आएको हो।

यसअघि करिडोरको विकल्पमा दब्ल्याङ-कालाखोला खण्डलाई वैकल्पिक सडकका रुपमा सञ्चालनमा ल्याइएको थियो। उक्त सडकमा हलुका सवारिसाधन मात्रै आवतजावत गर्ने व्यवस्था मिलाइएको थियो।

सडकको ट्र्याक नै बगाएपछि यातायात नियमित सञ्चालन गर्न समय लागेको बताइएको छ ।

पहिरोले बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएपछि गण्डकी प्रदेश सरकारले पहिरोको विकल्पमा पुल बनाउन थालेको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: