
काठमाडौँ। खराब मौसमका कारण आज हवाई उडान प्रभावित भएको छ। मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू प्रभावित भएका हुन्।
त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन्। आजको माउण्टेन फ्लाइटहरु पनि रद्द भएका छन्।
देशका अधिकांश ठाउँहरुमा मेघ गर्जन र चट्याङसहित मध्यम देखि भारी वर्षा भइरहेको छ। बिहानैदेखि मानिसहरूलाई घरबाट बाहिर निस्किन पानीले कठिन भएको छ।
आज दिनभर बर्षा हुने र शनिबारदेखि मात्रै मौसममा क्रमिक सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कमेन्ट गर्नुहोस्
