पोखरामा पर्वतीय दौड : एक सय चार धावक दौडिँदै

Share:

कास्की : पोखरा क्लिक अनलाइनको आयोजनामा शनिवार पोखरामा हुन लागेको प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१ मा तीन देशका एक सय चार जना धावकहरूले सहभागिता जनाउने भएका छन्।
‘खेल पर्यटन प्रवर्द्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथ आयोजना गरिएको प्रतियोगितामा नेपाल, बेलायत र ब्राजिलका धावकहरूले भाग लिन लागेका हुन्।

पोखरा क्लिक प्रालि अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालका अनुसार प्रतियोगितामा ७१ जना पुरुष र ३३ महिला धावकले भाग लिँदै छन्। उनीहरूमध्ये सबैभन्दा ज्येष्ठ ५५ वर्षीय पुरुष र सबैभन्दा कनिष्ठ नौ वर्षीय बालकले समेत सहभागिता जनाउँदै छन्।

शनिवार बिहान सात बजेदेखि दौड सुरु हुने छ। विश्व शान्ति स्तूपदेखि सुरु भई पुम्दीकोट महादेवको मूर्ति परिक्रमा गरी पोखरा महानगरपालिका–२२ को वडा कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर टुङ्गिने आठ किलोमिटर लामो दौडमा खुला, महिला, पोखरा महानगरपालिका–२२ को वडा स्तरीय र यु–१६ गरी चार इभेन्ट समावेश गरिएको छ।
खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई सात हजार सहित ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ। महिला धावक र यु–१६ बालबालिका, पोखरा महानगरपालिका–२२ का धावकमध्ये उत्कृष्ट एक–एक जनालाई नगद सात हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

कमेन्ट गर्नुहोस्
Share: