भारी वर्षाका कारण उपत्यकामा २१ जनाको मृत्यु

Share:

काठमाडौँ। बिहीबार साँझदेखिको अविरल वर्षाका कारण उपत्यकाका तीन जिल्लामा मात्रै २१ जनाको मृत्यु भएको छ।

काठमाडौँमा ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको बाढी, पहिरो, डुवान र घर भत्केर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अरु केही हराईरहेको र खोजी कार्य जारी रहेको बताएको छ।

अविरल वर्षाका कारण बागमती, बिष्णुमति, रुद्रमति, नख्खु, बल्खुलगायतका नदी तथा खोलाको बहाव खतराको तहभन्दा माथि बगिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: