
काठमाडौँ। निरन्तरको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरुको खोज तथा उद्धारका लागि देशभर २० हजार भन्दा बढी प्रहरी परिचालन भएको छ।
विपद्बाट हुने क्षति न्युनीकरण, नागरिकको जीउधनको रक्षा र विपदमा परेकाहरुको खोज तथा उद्दार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी परिचालन भएका छन् ।
पछिल्लो पटकको बाढी, पहिरो र डुबानबाट एक हजारभन्दा बढी नागरिकको सकुशल उद्दार भइरहँदा नेपाल प्रहरीबाट १० हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट १० हजार ५४० जना प्रहरी परिचालन भएका छन्।
जसमध्ये काठमाण्डौ उपत्यकामा मात्रै नेपाल प्रहरीको ४ हजार ७६० र सशस्त्र प्रहरी बलबाट ३ हजार ५ सय सुरक्षाकर्मी उद्धारमा खटिएका छन्।
त्यसैगरी नेपाली सेनाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चार जनाको हेलिकप्टरबाट उद्धार गरेको छ।
काठमाडौँका विभिन्न ठाउँबाट सुरक्षाकर्मीहरुले ७७८ जनाको उद्धार गरेका छन्। भने ११ जनाको शव भेटिएको र १ जना अझै वेपत्ता रहेको प्रहरीले जनाएको छ ।
