माओवादी अध्यक्ष दाहालले बोलाए सर्वदलीय बैठक

Share:

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाएका छन्। अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफलका लागि अध्यक्ष दाहालले सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।

बैठक आइतबार बिहान १० बजे माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बताइएको छ।

यसैबीच सरकारले पनि सर्वदलीय बैठक आह्वान गरेको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका हुन्।

आज दिउँसो १:०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: