
काठमाडौँ। गोरखाबाट काठमाडौँका लागि छुटेको बस सम्पर्कविहीन भएको छ।
शुक्रबार धार्चे गाउँपालिका-७ लापुबेसीबाट काठमाडौँका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
शुक्रबार रातिदेखि बस कहाँ छ भन्ने नखुलेको बताइएको छ।
खोजीका लागि प्रहरी खटिएको छ। बसमा कति सवार थिए भन्ने यकिन नभएको जनाइएको छ।
कमेन्ट गर्नुहोस्
