
काठमाडौँ। मौसममा सुधार आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वटै विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेका छन्। प्रतिकूल मौसमका कारण शुक्रबार र शनिबार चार सय भन्दा बढी उडान रद्द भएका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक एक सय ५० देखि एक सय ६० उडान हुने गरेका छन्। सुर्खेत विमानस्थलबाहेक सबै विमानस्थलबाट उडान भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
कमेन्ट गर्नुहोस्
