लागूऔषधसहित चार जना पक्राउ

143
0
Share:

 

काठमाडौं : लागूऔषध सहित चार जना पक्राउ परेका छन् ।

कैलाली, धनगढी उपमहानगरपालिका-१५ कनरीबाट  लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय नबिन चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१७ पथ्थरीयाबाट  लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय पप्पु रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।

मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट  लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम ८ सय ८० मिलिग्राम सहित भारत बिहार अररिया नरपथगन्ज गोखलापुरथान-७ बस्ने २५ वर्षीय मिथलेश साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाजुरा, बडिमालिका नगरपालिका-८ मार्तडी गौडा बस्ने ३७ वर्षीया मागी धामीलाई  लागूऔषध चरेश जस्तो देखिने पदार्थ ५८ ग्राम २ सय मिलिग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: