नदी किनारबारे बालेनको प्रसङ्ग उठाएपछि प्रधानमन्त्रीले ‘राम्रो’ बाहेक केही भनेनन्

Share:

काठमाडौँ। काठमाडौँ महानगरका मेयर बालेन्द्र साहले नदी किनारबारे उठारहेको प्रसङ्गमा सञ्चारकर्मीले प्रश्न सोध्दा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राम्रो प्रश्न’ भन्दै उत्तर नदिई टारेका छन्।

सोमबार अमेरिका भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई मेयर साहले उठाएको खोला किनाराको विषयमा प्रश्न गरेका थिए। तर ओलीले त्यसको जवाफमा ‘राम्रो प्रश्न भन्दै टारे।

सञ्चारकर्मीहरूले काठमाडौँ महानगरका मेयर साहले काठमाडौँको किनारमा अनधिकृत रुपमा बनाएका संरचनाहरूले गर्दा खोलाहरु छेक्यो र खोलाले आफ्नो बाटो खोज्यो भन्नुभएको छ अब आम जनताले बालेन शाह ठिक हो भनी बुझ्नुपर्ने हो भन्दै प्रश्न गरेका थिए। त्यसको जवाफ दिँदै ओलीले भने, ‘राम्रो प्रश्न।’

कमेन्ट गर्नुहोस्
Share: