मोरङको छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला

Share:

काठमाडौँ। मोरङ जिल्लामा ३ जनासहित देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेका छन्। मोरङ, ग्रामथान गाउँपालिका-६ भर्चोल बस्ने ३५ वर्षीय सत्य नारायण भगत सोही ठाउँस्थित पैनीमा सोमबार मृत अवस्थामा फेला परेका हुन्।

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-८ हाटखोलास्थित संघिया खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन्।

यसैगरी मोरङ, कानेपोखरी गाउँपालिका-४ खोरीयास्थित डाँस खोलामा पथरीशनिश्चरे नगरपालिका-८ मंगलबारे बस्ने ७५ वर्षीय लाख बहादुर राई सोमबार मृत अवस्थामा फेला परेका छन्।

सर्लाही, बलरा नगरपालिका-३ लक्ष्मीपुर बस्ने महावीर ठाकुरको छोरा १२ वर्षीय अंकित ठाकुर सोही ठाउँस्थित जमेको पानीमा सोमबार मृत अवस्थामा फेला परेका छन्।

गुल्मी, कालिगण्डकी गाउँपालिका-१ हर्मिचौर बस्ने २६ वर्षीय लिल हादुर सुस्लिङ मगर सोही ठाउँस्थित दिहिङखोलामा सोमबार मृत अवस्थामा फेला परेका छन्।

काठमाडौं महानगरपालिका-९ तिलगंगा नजिक बाग्मती खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन्।

चितवन, भरतपुर महानगरपालिका-१ देवघाटस्थित रामकुटी अगाडिको चौतारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: