नेपालमा गैरकानुनी रूपमा बस्दै आएका १५ जना बंगलादेशी नागरिक पक्राउ

Share:

काठमाडौँ। नेपालमा गैरकानुनी रूपमा बस्दै आएका १५ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भिसा अवधि समाप्त पश्चात गैरकानूनी तवरले बसिरहेका बंगलादेशीहरुलाई पक्राउ गरेको हो।

उनीहरु शंकास्पद गतिविधिहरुमा समेत संलग्न रहेको सूचनाको आधारमा कार्यालयको विशेष टोलीले राजधानीको ठमेल तथा सोह्रखुट्टे एरियाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभागको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: