
काठमाडौँ। क्यानडामा जारी टी ट्वान्टी सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
ओमानका कप्तान अकिब इल्यासले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन्।
उपाधि सम्भावना कायमै राख्नका लागि नेपालले आजको खेल जित्नै पर्ने दबाब छ।
सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित भएको नेपालले दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो भने तेस्रो खेलमा क्यानडासँग पराजित भएको थियो।
नेपाल र ओमानबीच अहिलेसम्म सात टी-२० खेल भएका छन्। जसमा नेपालले ४ र ओमानले ३ खेल जितेका छन्।
कमेन्ट गर्नुहोस्
