आज पनि बढ्यो सुनको मूल्य

Share:

काठमाडौँ। नेपाली बजार सुनको मूल्य आज पनि बढेको छ। अघिल्लो दिन प्रतितोला ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ६० हजार ९ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ६० हजार ८ सय रुपैयाँ कायम थियो।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: