
काठमाडौँ। हिन्दुहरूको महान् पर्व बडादसैँ सुरु भएसँगै नयाँ बसपार्कमा घर जाने यात्रुको चहलपहल बढेको छ।
देशको विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, अध्यापन, व्यापार, व्यवसाय र रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जान सुरु गरेसँगै नयाँ बसपार्क क्षेत्रमा यात्रुको चहलपहल बढेको हो।
घटस्थापना सुरु भएसँगै आजदेखि घर जानेमा अधिकांश बालबालिका, विद्यार्थी र विभिन्न कामका लागि राजधानी पसेकाहरू रहेका छन्।
बालाजु नयाँ बसपार्कमा राजधानी सहर छाड्नेको चहलपहल बढीरहेको छ।
कमेन्ट गर्नुहोस्
