
काठमाडौँ। हिन्दु धर्मावलम्बीहरूको महान् पर्व दसैँको आगमनसँगै भारतसँगको सीमा नाकामा नेपालीहरूको चहलपहल बढेको छ।
कामको सिलसिलामा भारत गएका नेपालीहरू चाडबाड मनाउन स्वदेश फर्कन थालेका हुन्। पछिल्ला दिनमा नेपालको पश्चिमी सीमानाका गड्डाचौकी भएर स्वदेश फर्किनेको भीड नै लाग्न थालेको छ।
बेरोजगारीका कारण भारत पसेका नेपालीहरु घरको गर्जो टार्न केही कमाइ गरेर फर्किएको बताउँछन्। उनीहरुलाई छोराछोरीको भविष्य तथा घरको जीविकोपार्जनका लागि बाहिर जानैपर्ने बाध्यता छ।
सुदूरपश्चिम प्रदेशको गौरीफन्टा, गड्डाचौकी, खक्रौला सीमा नाका भएर दैनिक हजारौँ नेपाली भारतका विभिन्न सहरबाट फर्किने गरेका छन्।
कमेन्ट गर्नुहोस्
