
काठमाडौँ। देशभर मनसुनी वायुको प्रभाव कायमै छ। देशको पूर्वी र मध्य भागमा बंगालादेशको उत्तर भू-भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विभागका अनुसार कोशी, मधेस र बागमती प्रदेशको पूर्वी भू-भागमा साधारण बदली रही बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ। कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ। कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
