कर्णालीमा आज दिनभर विद्युत् अवरुद्ध

Share:

काठमाडौँ। दशैँतिहारमा सहज सेवा दिने भन्दै कर्णाली प्रदेशमा शनिबार दिनभर विद्युत आपूर्ति बन्द गरिएको छ।

कोहलपुरदेखि रामघाटसम्मको ३३ केभी प्रसारण लाइन मर्मत गर्नुपर्ने भएकाले दिउँसो ३ बजेसम्म कर्णाली प्रदेशको विद्युत् अवरुद्ध हुने विद्युत् प्राद्यिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ।

यो लाइन बन्द भएपछि कोहलपुरबाट कर्णालीमा वितरण भएको सबै विद्युत् सेवा ठप्प हन्छ।

१३२ केभी प्रसारण लाइन निर्माण कार्य पूरा नभएका कारण कर्णालीमा अहिले ३३ केभी प्रसारण लाइनबाट विद्युत सेवा आपूर्ति हुँदै आएको छ।

कमेन्ट गर्नुहोस्
Share: