
पोखरा। पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ।
बर्दघाट नगरपालिका-४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि यातायात अवरुद्ध भएको थियो।
सडकको मर्मतपछि आज विहान साढे ९ बजेदेखि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सडक मर्मत गरी आजै दुईतर्फी सञ्चालनमा ल्याउन गरी काम भइरहेको बताइएको छ। तर सडक भासिने क्रम नरोकिएकाले तत्काल दुईतर्फी सञ्चालनमा समस्या भएको प्रहरीले बताएको छ ।
कमेन्ट गर्नुहोस्
