जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

142
0
Share:

 

काठमाडौं : जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् ।

नागार्जुन नगरपालिका-१ रानिवनस्थित काली लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५८ वर्षीय लालध्वज लामा समेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: