हत्यामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

159
0
Share:

झापा : बाह्रदशी गाउँपालिका-५ फुलाबारी बस्ने २२ वर्षीय राजेश हजामको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका-७ बस्ने ३१ वर्षीय समिर राजवंशी, २० वर्षीया मुना मेचे राजवंशी र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेका छन् ।

राजेश गत जेठ १५ गते देखि हराई बेपत्ता भएको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरूले हत्या गरी बाह्रदशी गाउँपालिका-७ बिरिङ खोलाको पश्चिम किनारामा गाडेको खुल्न आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: