
पोखरा : कास्कीको पोखरा महानगरपालिका- १० बुद्धचोकस्थित एक पसलमा आगलागी भएको छ ।
कास्की प्रहरीका अनुसार कृष्ण ढकाल र अनिल ढकालले संयुक्त रुपमा सञ्चालन गरेको ट्रस र जस्ता पाताले बनेको बाँसले बारेको द स्केट पार्क प्रा.लि.मा गएराति करिब सवा आठ बजे आगलागी भएको हो ।
आगालागीमा पसल पूरै जलेर क्षति भएको छ । उक्त आगो वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी, दमकल र स्थानीयको सहयोगमा राति ९ बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो ।
आगलागीको कारण खुलेको छैन भने प्रहरीले बिजुलीको लाइन सर्ट भएर आगलागी भएको अनुमान गरेको छ ।
कमेन्ट गर्नुहोस्
