जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ

171
0
Share:

काठमाडौं : जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ परेका छन् ।

कैलाली, धनगढी उपमहानगरपालिका-१३ श्रिलंकास्थित जंगलमा जुवातास खेलिरहेको अवस्थामा बैतडी सुर्नया गाउँपालिका-२ बस्ने ३४ वर्षीय करन बिष्ट समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८९ हजार ९ सय २० रूपैयाँ, २ वटा मोटरसाइकल र ६ गड्डी तास  सहित पक्राउ गरेको हो ।

लमजुङ, बेसिशहर नगरपालिका-७ पुरानो बैंक चोक बस्ने खजिन्द्र गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा बेसिशहर नगरपालिका-८ बस्ने ३३ वर्षीय अक्सर अलिख मिया समेत ८ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ८ सय ८० रूपैया सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-७ कालापानीस्थित मान सिंह ठगुन्नाको धामी कटेजमा जुवातास खेलिरहेको अवस्थामा शुक्लाफाँटा नगरपालिका-७ बस्ने २४ वर्षीय बिपिन सिंह समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ४ सय ६० रूपैयाँ र ३ गड्डी तास सहित पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: