
कास्की : मेराे नेपालद्वारा आयोजित खुल्ला सेभेन ए साइड नकाउट फुटबल प्रतियाेगिताका प्रि–क्वाटर फाइनलका खेल सम्पन्न भएका छन् ।
आज चौथाे दिनमा भएका सात खेलमा चाउथे एफ सि -ए ,मालेपाटन एकेडेमी ,वडा नं २६,एट टु नाइन बाझापटन,कसेरी टाेल जिराे वान ,गंगा मेमोरियल मसिना र मेराे नेपाल-एले जित आफ्नाे पाेल्टामा पारेर क्वाटरफाइनल खेलकाे यात्रा तय गरेका छन् ।
खेलकाे पाचौँ दिन अर्थात् भाेलि २३ गते क्वाटरफाइनल र सेमिफाइनलका खेल सञ्चालन हुने क्लबका संयाेजक एकेन्द्र कुँवरले जानकारी दिए । खेलमा विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडी पनि सहभागी भएका थिए । साथै राष्ट्रिय खेलाडीलाई सम्मान पनि गरिएकाे प्रचार प्रसार समितिका संयोजक पृथ्वी कुँवरले बिगखबरलाई जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
