
काठमाडौँ। काठमाडौँ उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजबाट पुनः बढ्न थालेको छ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज पनि टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको छ।
दशैंको टीका लगाउने सर्वसाधारणको आवतजावतका साथै उपत्यका बाहिर गएका सर्वसाधारणहरू समेत उपत्यका फर्कन थालेपछि उपत्यकामा सवारी आवागमन बढेको हो।
उपत्यकाका जडिबुटी, बल्खु, कलंकी लगायतका नाकामा उपत्यकाभित्रने सर्वसाधारणको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ।
दशैंको सरकारी बिदा सकिएर मंगलबार कार्यालय खुल्ने भएपछि उपत्यका भित्रनेको संख्या बढेको हो। यस वर्षको दशैंमा करिब १३ लाख सर्वसाधारणले उपत्यका छाडेका थिए।
कमेन्ट गर्नुहोस्
