लागुऔषध र नगदसहित कास्कीबाट एक जना पक्राउ

Share:

 

कास्की : जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध ‘नाईट्राभेट’ र नगदसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दीप जि.सी.का अनुसार कास्कीकै पोखरा महानगरपालिका–१३ मियाँपाटनमा बस्ने ३७ वर्षीय अक्रम मियालाई पक्राउ गरिएको हो।

मङ्गलवार राती करिब १२ बजेको समयमा मियाँपाटनमा लागुऔषध ओसारपसार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। त्यसकै आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा मिया पक्राउ परेका हुन्।

उनले चलाएको ग २४ प ५७७९ नम्बरको स्कुटर रोकेर चेकजाँच गर्दा उनको साथबाट ‘नाईट्राभेट’ लेखिएको एक सय ५० चक्की, विभिन्न कम्पनीका चार थान मोबाइल, नगद ३६ हजार रुपैयाँ र विभिन्न बैङ्कका चेक सहित फेला परेको प्रहरीले जनाएको छ।

 

कमेन्ट गर्नुहोस्
Share: