नक्कली नोटसहित एक जना पक्राउ

197
0
Share:

 

पर्सा : वीरगंज महानगरपालिका-१४ गण्डक चेक पोष्टबाट एक हजार दरको ४७ थान नक्कली नोट सहित भारत बिहार राज्य मोतिहारी ग्राम पञ्चायत रामगढवा नन्दपुर-४ बस्ने २० वर्षीय कृष्ण कुमार महतोलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २१४७ नम्बरको मिनी बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: